post-slider post-slider

कीर्तिपुर मेयर उपनिर्वाचनमा कांग्रेसका डंगोल विजयी

Image
A A

काठमाडौं - कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल विजयी भएका छन्।

डंगोलले ५,३३४ मत प्राप्त गर्दै निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनलाई पराजित गरे। महर्जनले ४,५५५ मत प्राप्त गरेका थिए।

प्रमुख प्रतिस्पर्धीका रूपमा रहेका अर्का नेकपा एमालेका सुरेन्द्र मानन्धरले ४,३३७, स्वतन्त्र उम्मेदवार कविकुमार महर्जनले १,३१४ मत र स्वतन्त्र उम्मेदवार दिनेशकुमार अधिकारीले १,०४८ मत ल्याएका थिए।

निर्वाचनको प्रारम्भिक चरणदेखि नै कांग्रेसका डंगोलले अग्रता लिएका थिए। उनले विभिन्न वडामा आफ्नो पकड बलियो राख्दै विजयी नतिजा सुनिश्चित गरे।

Tags: