post-slider post-slider

अवैध रूपमा ल्याइएका ३३ बोरा चिनी बरामद

Image
A A

काठमाडौं- प्रहरीले काभ्रपलान्चोकको मंगलटारबाट अवैध रूपमा लुकाइछिपाइ ल्याएको ३३ बोरा चिनी बरामद गरेको छ।

संखुवासभाको खाँदबारीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र. ०३.००१ ख १९६६ नम्बरको यात्रुबाहक बसबाट प्रहरीले चिनी बरामद गरेको हो।

सबारी चेकजाँचको क्रममा बसको छत र डिकीमा लुकाएर राखिएको ३३ बोरा चिनी बरामद भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक पञ्चलाल गोलेले जानकारी दिएका छन्।

बरामद गरिएको चिनीको तौल करिब १ हजार ६५० किलोग्राम रहेको बताइएको छ।

चिनी ल्याउने बस र चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पछिल्लो समय बजारमा चिनीको अभाव भएसँगै तराईका जिल्लाबाट साना तथा ठूला गाडीहरूले अवैध रूपमा राजधानीसम्म चिनी भित्र्याउने गरेका छन्।

 

Tags: