post-slider post-slider

बिहीबार बिदा दिने सरकारको निर्णय

Image
A A

काठमाडौं- सरकारले बिहीबार बिदा दिने निर्णय गरेको छ। 

सोमबार राति निधन भएको संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको सम्मानमा सरकारले बिहीबार शोक बिदा दिने निर्णय गरेको हो।

नेपालको संविधान निर्माण र जारी गर्न नेम्वाङले पु¥याएको योगदानको सम्मानमा बिहीबार शोक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।

यसअघि मंगलबार बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले नेम्वाङको अन्त्येष्टि हुने दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

उनको अन्त्येष्टि बिहीबार हुने तय भएकोले उक्त दिन शोक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए।

नेम्वाङको अन्त्येष्टि हुने दिन नेपालभरका सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा हुने र ती कार्यालयहरूमा राष्ट्रिय झन्डा आधा झुकाइने गृह मन्त्रालयले जनाएको छ।

 

Tags: