post-slider post-slider

‘सुशासन र विकासका लागि अगाडि बढेका छौं’

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा भ्रष्टाचार अन्त्य गरेर सुशासन कायम गर्न आफ्नो नेतृत्वको सरकार लागि परेको बताएका छन्।

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको डाडाँकटेरीमा आयोजित २० औं दोरम्बा स्मृति दिवस कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले मुलुकमा व्याप्त विकृति र विसंगतिको अन्त्य गर्न सरकार लागि परेको दाबी गरे।

भ्रष्टाचार अन्त्य गरी सुशासन र विकासका लागि अघि बढिरहेको बताउँदै उनले गठबन्धनमा कुनै समस्या नभएको उल्लेख गरे।

‘सुशासन, सामाजिक न्याय र समृद्धिका कुरामा हामी एकताबद्ध छौं। प्रतिक्रियावादीहरूले चलाएको बाहिरी हल्लाको पछि नलाग्न म तपाईंहरूलाई आग्रह गर्दछु,’ प्रचण्डले भने।

प्रधानमन्त्री प्रचण्डले सरकारमा गएपछि माओवादी र जनताबीचको सम्बन्ध टाढिएको बताएका छन्।

‘हिजो हामी सामन्तवाद निरंकुशविरूद्ध बन्दुक बोकेर लडाइँमा थियौं। त्यसबेला माओवादी र जनताको सम्बन्ध पानी र माछाको सम्बन्ध जस्तै थियो,’ प्रचण्डले भने,‘विगतमा हामीले गरेका त्यस्तो सम्बन्ध केही अल्मलिएकाले फेरि पुरानै बाटोमा ल्याउन नयाँ संकल्पसहित लागेका छौं।’

 

Tags: