post-slider post-slider

सरकारले राष्ट्रहितमा काम गर्न सकेन : ओली

Image
A A

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा देखापरेको आर्थिक संकट समाधान गर्न सरकार गम्भीरतापूर्वक लाग्नुपर्ने बताएका छन्।

पार्टीले सुरू गरेको ‘झुलाघाट–चिवभञ्ज्याङ : समृद्धिका लागि संकल्प यात्रा’ अभियानअन्तर्गत बिहीबार बागलुङ बजारमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

उनले आर्थिक संकटका कारण प्रथम चौमासिकमै सरकारले कर्मचारीलाई तलब भुक्तानी गर्न नसकेको बताए।

उनले भने,‘कर्मचारीलाई तलब भुक्तानी गर्न नसक्ने सरकारले विकास निर्माण कसरी अगाडि बढाउनसक्छ?’

आर्थिक संकटका कारण देशमा विकास निर्माण ठप्प भएकाले अर्थतन्त्र सुधार्ने योजना ल्याउन उनले सरकारलाई सुझाव दिए।

‘अहिलेको सरकार आर्थिक रूपले चरम असफलतामा गयो। अर्थतन्त्र संकटमा परेको छ। कर्मचारीलाई तलब भुक्तानी गर्न ऋण उठाउनुपरेको छ,’ उनले भने।

अध्यक्ष ओलीले सरकारले राष्ट्रहितको पक्षमा पनि काम गर्न नसकेको आरोप लगाए।

राष्ट्रिय हितका पक्षमा बोल्न नसक्ने सरकारबाट जनताले धेरै आशा गर्न नसक्ने उनको भनाइ थियो।

 

Tags: