post-slider post-slider

त्रिभुवन विमानस्थलबाट १४ किलो सुन बरामद

Image
A A

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो अवैध बसुनसहित एक जनालाई पक्राउ परेका छन्।

प्रहरीले सुनसहित गोरखाका चन्द्र घलेलाई पक्राउ गरेको हो।

विमानस्थल भन्सार कार्यालयले बिहीबार राति १४ किलो अवैध सुनसहित घलेलाई नियन्त्रणमा लिएको हो।

फ्लाई दुबईको उडान नम्बर एफजेड–५७३ बाट राति ११ : ४० बजे काठमाडौं उत्रेका घेलाई विमानस्थल भन्सारले पक्राउ गरेको हो।

विमानस्थल भन्सार प्रमुख टोकराज पाण्डे नेतृत्वको टोलीले मध्यराति विशेष सुराकीको आधारमा खानतलासी गर्दा यो परिमाणको विस्कुट आकारको सुन बरामद गरेको हो।

घलेले ज्याकेटभित्र सुन लुकाएर ल्याएका थिए।

यो कार्यमा संलग्न रहेको भन्दै घलेका साथै प्रहरीले गोरखाका मिनबहादुर घलेलाई समेत पक्राउ गरेको छ।

पक्राउ परेको दुवै जनालाई हाल प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Tags: