इलाममा ४२ र बझाङमा ३५ प्रतिशत मतदान
काठमाडौं - इलाम-२ र बझाङमा उपनिर्वाचनको मतदान जारी रहेको छ।
अहिलेसम्म इलाम-२ मा ४२ प्रतिशत मतदान भएको छ भने बझाङ प्रदेश सभा-१ मा ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगले इलाममा अहिलेसम्म ४९ हजार मत खसेको जानकारी दिएको छ।
आज बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म हुने आयोगले जनाएको छ। अहिलेसम्म मतदान शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको छ।