post-slider post-slider

देउवाले बोलाए पदाधिकारी बैठक

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन्।

धुम्बराहीस्थित निजी निवासमा सोमबार दिउँसो २ बजे बस्ने गरी देउवाले बैठक बोलाएका हुन्।

२ साउनमा बस्न लागेको केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न बैठक बोलाइएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।

पदाधिकारी र पूर्वपदाधिकारीसँगको बैठकपछि सभापति देउवाले मंगलबार बिहान दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्ने तयारी गरेका छन्।

२७ असारमा बोलाइएको केन्द्रीय समिति बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधनपछि स्थगित भएको थियो।

पदाधिकारीसहितको बैठकले केन्द्रीय समिति बैठकका एजेन्डता तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने तयारी छ।

 

Tags: