post-slider post-slider

जापानकी राजकुमारीले विश्वविद्यालयको पढाइसकेपछि रेडक्रसमा काम गर्ने

Image
A A

काठमाडौं- जापानका सम्राट नारुहितोकी एक्ली सन्तान राजकुमारी आइकोले विश्वविद्यालयबाट स्नातक सकेपछि अप्रिल महिनादेखि जापानको रेडक्रस सोसाइटीमा काम सुरू गर्ने भएकी छन्।

नयाँ भूमिकाको विस्तृत विवरण प्रस्ट भइसकेको छैन तर काम गरेका बेला पनि उनले राजपरिवारको औपचारिक भूमिकाहरू भने निर्वाह गरिरहने बताइएको छ।

यी २२ वर्षीया राजकुमारी उत्तराधिकारीको लाइनमा छैनन् किनभने जापानी कानुनले पुरुषलाई मात्रै राजगद्दीमा उत्तराधिकारीको अनुमति दिन्छ।

जापानमा संसारकै धेरै वर्ष पुरानो वंश परम्परामा आधारित राजसंस्था छ।

एउटा विज्ञप्तिमा राजकुमारी आइकोले रेडक्रसमा उनको सदैव रूचि रहेको बताएकी छन्।

उनको रोजगारदाता रेडक्रसले राजकुमारीले सजिलोसँग काम गरून् भनेर आफूले पूर्ण तयारी गर्ने जनाएको छ।

जापानमा रेडक्रसको शाही परिवारसँग घनिष्ठ सम्बन्ध छ। पहिलेका साम्राज्ञीहरूले मानार्थ अध्यक्षका रूपमा काम गर्दै आएका छन्।

गत अक्टोबरमा रेडक्रसले आयोजना गरेको सन् १९२३ मा टोक्यो भूकम्पछिको राहत क्रियाकलापमाथिको एक प्रदर्शनीमा राजकुमारी आइकोले आफ्ना आमाबाबुसँग रेडक्रसको भ्रमण गरेकी थिइन्।

पछिल्ला वर्षहरूमा उनले जापानमा प्राकृतिक विपदका पीडित र जीवित रहन सफल मानिसहरूप्रति सहानुभूति व्यक्त गरेकी थिइन्।

अहिले उनी गाकुशुइन विश्वविद्यालयमा द फ्याकल्टी अफ लेटर्समा जापानी भाषा र साहित्यको पढाइको अन्तिम वर्षमा छिन्।

राजकुमारीहरूलाई जापानको आम वृत्तमा निकै सम्मान दिइन्छ र कैयौंले उनको नयाँ भूमिकाको स्वागत गरेका छन्।

राजकुमारी आइकोकी आमा साम्राज्ञी मासाकोलाई ‘करिअर महिला’ का रूपमा चिनिन्छ।

हार्वर्ड र अक्सफर्ड विश्वविद्यालय पढेकी साम्राज्ञी पूर्वकूटनीतिज्ञ हुन् र उनले धेरै भाषा जानेकी छन्।

उनी सन् १९९३ मा जापानी सिंहासनका पहिलो दाबेदारसँग बिहे गर्ने दोस्रो सर्वसाधारण महिला बनेकी थिइन्।

उनीभन्दा अगाडि पूर्वसाम्राज्ञी मिचिको पहिलो सर्वसाधारण महिला थिइन्।

तर, बिहे भएपछि उनले के पुरुष उत्तराधिकारीलाई जन्म देलिन् त भन्ने अडकलबाजीहरूबारे बहस भएको थियो।

जापानका युवराज नारुहितोकी एक्ली सन्तान राजकुमारी आइको सिंहासनमा बस्न पाउने छैनन् किनभने उनी महिला हुन्।

सन् २००१ मा राजकुमारीको जन्म हुँदा धेरै उत्सव मनाइएको थियो तर उत्तराधिकारीको मुद्दा हल हुन सकेन।

 

Tags: