post-slider post-slider

देशका केही स्थानमा आज पनि वर्षाको सम्भावना?

Image
A A

काठमाडौं- आज देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ। देशको पहाडी भू–भागको केही स्थानमा र बाँकी भू–भागको थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार गण्डकी  प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ। कोसी प्रदेशसहित वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

कोसी र गण्डकी  प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

Tags: