post-slider post-slider

गाडीको ठक्करबाट छठ ब्रतालु महिलाको मृत्यु

Image
A A

जनकपुरधाम- पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा गाडीको ठक्करबाट छठ ब्रती एक महिलाको मृत्यु भएको छ।

हरिवन नगरपालिका–९ नोचामा सोमबार बिहान गाडीको ठक्करबाट ब्रतालु महिलाको मृत्यु भएको हो।

नोचास्थित छठ घाटमा पूजा गरेर घर फर्किँदै गरेकी ५२ वर्षीया लक्ष्मी पोखरेलको गाडीले ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

लालबन्दीबाट यात्रु लिन नयाँ रोडतर्फ गइरहेको मधेस प्रदेस ०३–००१ ज ०३४२ नम्बरको विङ्गरले सोमबार बिहान ७ बजेतिर ठक्कर दिँदा गम्भीर घाइते भएकी पोखरेललाई उपचारका लागि स्वाभिमान अस्पताल हरिवन ल्याउँदा चिकित्कसकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए।

गिरीका अनुसार त्यही गाडीको ठक्करबाट छठघाटस्थलमा सडक सुरक्षार्थ खटिएका एक ट्राफिक हवल्दारसमेत घाइते भएका छन्।

ट्राफिक प्रहरी पोस्ट हरिवनमा कार्यरत ट्राफिक प्रहरी हवल्दा सुबोधकुमार यादव घाइत भएका हुन्।

बायाँ खुट्टामा चोट लागेर घाइते भएका यादवलाई सामान्य उपचारपश्चात लालगढ अस्पताल धनुषा रेफर गरिएको छ।

विङ्गरले सडक छेउमा रोकिराखेको बागमती प्रदेस ०२–०३८ प ०३११ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएर क्षति पु¥याएको छ।

दुर्घटना दिने गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

Tags: