post-slider post-slider

लुम्बिनी प्रदेसमा कबड्डीको प्रशिक्षण सुरू

Image
A A

बुटवल- लुम्बिनी प्रदेस कबड्डी संघ र लुम्बिनी प्रदेस खेलकुद परिषदको सहकार्यमा बुटवलमा प्रादेशिक कबड्डी निर्णायक प्रशिक्षण सुरु भएको छ। 

एक समारोहका बीच प्रदेस खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले उदघाटन गरेका छन्।

लुम्बिनी प्रदेश कबड्डी संघका अध्यक्ष जनार्दन खत्रीको सभापतित्वमा बुटवलमा सम्पन्न उदघाटन समारोहमा लुम्बिनी प्रदेशभित्रका १२ जिल्ला बाट ६० जनाको सङ्ख्यामा प्रशिक्षार्थिको सहभागिता रहेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य सचिव भट्टराईले भने, ‘हामी कबड्डीलाइ पहिलो प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढएका छौं छिट्टै राष्ट्रियस्तरको कबड्डी प्रतियोगिता गर्नेछौं र यो हरेक वर्ष हुनेछ।’ 

 अखिल नेपाल कबड्डी संघका केन्द्रिय उपाध्यक्ष कुमार आलेले निर्णायक तालिमबाट प्राप्त ज्ञान र सीप प्रयोग भइरहोस् भन्दै लुम्बिनी प्रदेश कबड्डी संघले गरेको कार्यको प्रशंसा गरे।

प्रदेश कबड्डी संघका अध्यक्ष जनार्दन खत्रीले यो निर्णायक तालिमले सिप, ज्ञान र क्षमताको विकास गर्न र नियम तथा कबड्डीका बदलिँदा विधि र प्रक्रियाका बारेमा जानकारी प्रदान गर्ने बताए।

२१ गतेसम्म सन्चालन हुने प्रशिक्षणको लागि प्रशिक्षकद्वय बिष्णुदत्त भट्ट र तर्कराज भट्टले प्रशिक्षण दिने छन्।

Tags: