post-slider post-slider

मलेसियामा जहाज ग्राउन्डेड भएको घटना छानबिन गर्न निगमले बनायो उपसमिति

Image
A A

काठमाडौं- नेपाल वायुसेवा निगमले मलेसियामा जहाज ग्राउन्डेड भएको विषयमा अनुसन्धान गर्न उपसमिति बनाएको छ।

अक्सिजन अभावले जहाज ग्राउन्डेड भएको घटनाबारे सत्यतथ्य छानबिन गर्न निगमले उपसमिति बनाएको हो।

चालक दलका लागि ककपिटमा रहने सिलिन्डरमा अक्सिजनको मात्रा घटेको विषयमा छानबिन गर्न निर्देशक महेश मारिताको संयोजकत्वमा निगमले छानबिन उपसमिति गठन गरेको हो।

उपसमितिलाई एक साताभित्र अनुसन्धान गरी प्रतिवेदन बुझाउन भनिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिएका छन्।

उपसमितिलाई ‘मूल कारणविरूद्ध सुधारात्मक कारबाही सिफारिस गर्ने र यस घटनाका लागि जानाजानी कारबाही भएको खण्डमा जिम्मेवार व्यक्तिलाई सजायको कारबाही सिफारिस गर्नुपर्ने’ कार्यादेश तोकिएको छ।

जहाजमा चालक दलका लागि आवश्यक अक्सिजनको मात्रा अत्याधिक न्यून देखिएपछि मंगलबार बिहान नेपाली समयअनुसार ३ बजे काठमाडौंका लागि उड्नुपर्ने निगमको न्यारोबडी क्लालम्पुरमा रोकिएको थियो।

त्यहाँको स्टेशनले एयर एसियासँग अक्सिजन मागेर प्रबन्ध गरेपछि न्यारोबडी १५२ यात्रु बोकेर झन्डै ११ घन्टा ढिलो मलेसियाबाट उडेको थियो।

त्यो विमान भैरहवामा अवतरण गरेर साँझ ७ बजे काठमाडौं अवतरण हुने तालिका छ।

 

Tags: