post-slider post-slider

एमाले पार्टी कार्यालय पुगेर शीर्ष नेताहरूले दिए नेम्वाङलाई श्रद्धाञ्जली (तस्बिर)

Image
A A

काठमाडौं- संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरूले श्रद्धाञ्जली दिएका छन्।

ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालय पुगेर प्रधानमन्त्री प्रचण्डलगायतका शीर्ष नेताहरूले नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएका हुन्।

नेम्वाङलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री प्रचण्डका साथै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतका नेताहरू एमाले पार्टी कार्यालय पुगेका थिए।

मंगलबार बिहान १ : ५० मा निधन भएका नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि एमाले केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ।

एमाले संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङ बालुवाटारस्थित आफ्नो निवासमा गएराति १ : ३० बजे अचेत अवस्थामा फेला परेका थिए।

उनको हृदयघातका कारण निधन भएको बताइएको छ। 

नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बुधबारसम्म पार्टी कार्यालय च्यासलमा राखिने एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन्।

ज्ञवालीका अनुसार नेम्वाङको अन्त्येष्टि सम्भवतः बिहीबार बिहान हुनेछ।

सरकारले राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गरिने निर्णय गरेको छ। त्यस्तै उनको अन्त्येष्टि हुने दिन सरकारले देशभर शोक बिदा दिने निर्णयसमेत गरेको छ।

यस्तै नेकपा एमालेले नेम्वाङको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ।

 

Tags: