post-slider post-slider

जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

Image
A A

काठमाडौं- डोटीमा जिप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्।

कैलालीको धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जिप गएराति करिब साढे २ बजेतिर डोटीको शिखर नगरपालिका–६ अण्यौलस्थित सेती नदीमा खसेर दुर्घटना भएको हो।

र्दुघटनामा बाजुरा जिल्ला हिमाली गाउँपालिका–५ बस्ने २२ वर्षीया राधिका मलाल, सोही ठाउँका ३२ वर्षीय धन शोभा बुढा, ८ महिनाका प्रार्थना मलाल र ६ वर्षीय कवीन्द्र बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जिप सडकबाट करिब ५० मिटर तल सेती नदीमा खसेको छ।

दुर्घटनामा परी घाइेत भएकाहरूको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ।

जिपका चालका बाजुरा जिल्ला गौमुल गाउँपालिका–४ काँडाकोट बस्ने २१ वर्षीय महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Tags: