post-slider post-slider

भारतले ९५ हजार टन गैरबासमति चामल नेपाललाई दिने

Image
A A

काठमाडौं- भारत सरकारले नेपाललाई ९५ हजार टर गैरबासमति वर्गको अरूवा चामल दिने भएको छ।

भारत सरकारले एक सूचना जारी गर्दै नेपालसहित सात देशलाई कोटा वितरण गरेको हो।

जसमा नेपालसहित क्यामरून, आइभरी कोस्ट, मलेसिया, फिलिपिन्सलगातका देशहरू रहेका छन्।

भारतले यी देशहरूका लागि कोटा तोकेर चामल निर्यात प्रतिबन्ध फुकुवा गरेको जनाएको छ।

यद्यपि चामल निर्यात गर्ने विषयमा भारतले नेपाल सरकारलाई आधिकारिक रूपमा पत्र पठाएको छैन।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार भारतले अहिलेसम्म लिखित रूपमा नेपाल सरकारलाई सूचना प्राप्त भएको छैन।

ठाकुरले नेपाललाई गैरबासमति चामलको आवश्यक्ता नपर्ने बताए।

‘अहिले नेपाललाई यो चामलको आवश्यक्ता पर्दैन। भारतबाट गत वर्ष पाएको कोटाबाट आयात गरिएको धानको प्रशोधन हुन सकेको छैन। धानबाट उत्पादित चामल पनि बिक्री हुनसकेको छैन,’ उनले भने।

नेपालमा नयाँ चामल उत्पादन हुने समय भएका कारण गैरबासमति वर्गको चामल आवश्यक्ता नहुने उनको भनाइ छ।

भारतले सन् २०२३ मा नेपालले ६ लाख टन धान आयात गर्न पाउनेगरी कोटा दिएको थियो।

 

Tags: