post-slider post-slider

आजदेखि इन्द्रजात्रा सुरु हुँदै

Image
A A

काठमाडौं- काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा आजबाट सुरु हुँदै छ।

नेवारी समूदायले यो पर्वमा वर्षा र सहकालको देवताको रूपमा इन्द्रको पूजा आराधना गर्दछन्। आठ दिनसम्म विभिन्न नाजगान, रथयात्रा गरी यो पर्व मनाइन्छ।

जात्रामा सहभागी हुनका लागि २० जना विदेशी पाहुना आउने काठमाडौं महानगरपालिकाले जनाएको छ।

इन्द्रजात्रामा राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपतिले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन गर्ने परम्परा रही आएको छ।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार जात्राअन्तर्गत वन प्रस्थान, लिंगो नगर प्रवेश लगायतका काम सम्पन्न भइसकेको छ।

जात्रा सञ्चालन तथा व्यवस्थापनका लागि इन्द्र जात्रा व्यवस्थापन समितिसँगको सहकार्यमा महानगरपालिकाले सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियाकलाप सञ्चालन, प्रवर्द्धनको काम गरिरहेको छ। शान्ति सुरक्षा, सरसफाइ, सम्पदाहरूको मर्मत, रङरोगन, रथयात्राको रुटमा पर्ने सडक मर्मत लगायतका काम गरिएको छ।

Tags: