post-slider post-slider

जिल्ला न्यायाधीश भट्टराईले दिए राजीनामा

Image
A A

काठमाडौं- जिल्ला न्यायाधीश डा.परशुराम भट्टराईले राजीनामा दिएका छन्।

छानबिनमा तानिएका भट्टराईले राजीनामा दिएका हुन्।

न्यायाधीश भट्टराईले प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठलाई राजीनामा बुझाएका छन्।

छानबिनका लागि उनी लामो समयदेखि न्याय परिषदमा तानिएका छन्। छानबिन नसकिँदै उनले राजीनामा दिएका हुन्।

छानबिन पनि नसकिएको र जिम्मेवारी पनि नतोकिएको भन्दै भट्टराईले शुक्रबार राजीनामा दिएको बताइएको छ।

 

Tags: