post-slider post-slider

संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायाधीशका विषयमा छलफल हुने

Image
A A

काठमाडौं- संवैधानिक परिषद्‌को बैठक आज (बिहीबार) बस्दैछ।  प्रधानन्यायाधीशको नियुक्ति सिफारिस बैठकको मुख्य अजेन्डा रहेको छ। बैठक बिहीबार अपराह्न ५ बजे बस्ने जनाइएको छ।

यसअघि मंगलबार पनि परिषद्‌को बैठक बसेको थियो। मंगलबारको बैठक प्रधानन्यायाधीश सिफारिसको सन्दर्भमा कुनै निर्णय नै नगरी स्थगित भएको थियो। मंगलबारको बैठकमा प्रधानन्यायाधीशमा कसलाई सिफारिस गर्ने भन्नेबारे छलफल नै भएको थिएन। 

बिहीबार बस्ने बैठकमा प्रधानन्यायाधीशसहित रिक्त संवैधानिक पदाधिकारी नियुक्तिका बारेमा छलफल हुने जनाइएको छ।

हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेर हदका कारण साउन २० गतेदेखि अवकाशमा जान लागेका छन्। भावी प्रधानन्यायाधीशका लागि विश्वम्भरप्रसाद श्रेष्ठ रोक्रममा छन्। 

प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा १ महिना अगाडि नै नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया सुरु हुनु पर्नेमा मंगलबार अगाडिसम्म संवैधानिक परिषद्‌को बैठक नै बस्न सकेको थिएन। 

प्रधानमन्त्री अध्यक्ष हुने परिषद्‌मा प्रधानन्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रमुख प्रतिपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य हुन्छन्। 

Tags: