post-slider post-slider

रोल्पामा बस दुर्घटना, ४ जनाको मृत्यु

Image
A A

काठमाडौं- रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

रोल्पाको बागमारादेखि दाङको घोराहीतर्फ आउँदै गरेको बस रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रिची गाउँमा दुर्घटना भएको हो।

दुर्घटनामा १४ जना घाइते भएका छन्।

ना ५ ख २६१२ नम्बरको बस सडकबाट करिब ५० मिटर मुनि खसेर दुर्घटना भएको हो।

स्थानीयहरूका अनुसार तीव्र गतिमा गुडिरहेको बस अनियन्त्रित भइ दुर्घटनामा परेको थिए। 

घटनास्थलमा उद्धारका लागि प्रहरीसहित स्थानीय खटिएको बताइएको छ। मृतकको पहिचान हुन बाँकी छ।

घटनाबारे जानकारी पाएपछि सदरमुकामबाट प्रहरी निरीक्षकसहितको प्रहरी टोली खटाइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक श्याम सारुमगरले बताएका छन्।

 

Tags: