post-slider post-slider

रामजानकी विवाहोत्सव : लाखौं श्रद्धालु जनकपुरधाम पुग्ने अनुमान, आज तिल्कोत्सव

Image
A A

जनकपुरधाम- रामजानकी विवाहपञ्चमीअन्तर्गत चौथो दिन शुक्रबार तिल्कोत्सव मनाइँदै छ।

त्रेतायुगमा भगवाना राम र माता सीताको विवाहपूर्व तिलकोत्सव मनाइएको मान्यताअनुसार विवाहपञ्चमीका अवसरमा हरेक वर्ष यो कार्यक्रम आयोजना हुने गरेको हो।

तिल्कोत्सव विवाहपूर्वको ‘छिनोफानो’ विधि हो।

यस अवसरमा जानकी मन्दिरका तर्फबाट नजिकै रहेको राम मन्दिरमा भार (पाहुर) पु¥याउने परम्परा रहेको छ।

मिठाइ, कपडालगत्तालगायतका सामग्रीसहितको भार दिउँसो गाजाबाजासहित जानकी मन्दिरबाट राम मन्दिर पु¥याइने जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले जानकारी दिए।

मैथिली परम्पराअनुसार मनाइने तिल्कोत्सव कार्यक्रममा माता सीताको भूमिकामा जानकी मन्दिरका महन्त र भगवाना रामको पितको भूमिकामा राम मन्दिरका महन्त हुनेछन्।

यसअघि १०१ थान भार राम मन्दिर लैजाने गरेकोमा यसपालि करिब ४ सय थान भार लग्ने तयारी भइरहेको जानकी मन्दिरका उत्तराधिकारी महन्त दासले जानकारी दिए।

राम मन्दिरको प्राङ्गणमा तिल्कोत्सव कार्यक्रमको तयारी गरिएको यो कार्यक्रमको संयोजन गर्दै आइरहेको स्थानीय महावीर युवा कमिटीका अध्यक्ष अजय गुप्ताले बताए।

गुप्ताका अनुसार दिउँसो हुने तिल्कोत्सव कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको छ।

मिथिला परम्पराअनुसार मैथिली गीतका माध्यमबाट बेहुला र बेहुली पक्षबीच हुने हँस्यौली ठट्यौलीले तिल्कोत्सव कार्यक्रमलाई थप रोमाञ्चक बनाउने गरेको छ।

तिल्कोत्सव कार्यक्रममा विवाहपञ्चमी मनाउन आएका नेपाल तथा भारतका साधुसन्तका साथै राजनीतिकर्मी, सरकारी निकायका पदाधिकारी, समाजसेवी, जनप्रतिनिधिलगायतको सहभागिता रहने गरेको छ।

विवाहपञ्चमीको तयारी तीब्र

साताव्यापी कार्यक्रमसहित मनाइने रामजानकी विवाहपञ्चमीको तयारी जनकपुरधाममा तीब्र गतिले भइरहेको छ।

विवाहपञ्चमीमा आउने तिर्थालुका साथै साधुसन्तहरूका लागि वासस्थान तथा खानालगायतको व्यवस्था गर्ने कार्य सुरू भएको छ। विवाहपञ्चमीका अवसरमा नेपाल तथा भारतका लाखौं तिर्थालु जनकपुर पुग्ने गरेका छन्।

यस अवसरमा भारतको अयोध्यालगायतका स्थानबाट हजारौंको संख्यामा साधुसन्तहरू जन्तिको रूपमा आउने गरेका छन्।

विवाहपञ्चमीको अवसरमा सात दिनसम्म मनाइने विभिन्न कार्यक्रमको संयोजन जानकी मन्दिरले गर्ने गरेको छ।

जानकी मन्दिरका उत्तराधिकारी महन्थ  दासले विवाहपञ्चमीको तयारी लगभग अन्तिम चरणमा पुगिसकेको बताए।

‘विवाहपञ्चमीको लगभग अन्तिम चरणमा पुगिसकेको छ, यो अवसरमा मनाइने नगरदर्शन, फूलबारीलिलालगायतका कार्यक्रम सकिएको छ। आज तिल्कोत्सव र भोलि मटकोर हुनेछं,’ दासले आयोमेलसँग भने,‘यसपटक लाखौंको संख्यामा तिर्थालु सहभागी हुने हामीले अनुमान गरेका छौं।’

उत्तराधिकारी महन्त दासका अनुसार विवाहपञ्चमी समारोहमा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालुहरू आउने क्रम सुरू भइसकेको छ।

 

 

Tags: