post-slider post-slider

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

Image
A A

काठमाडौं- नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो।

सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको जानकारी दिइन्।

टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम भएकाले त्यसलाई बन्द गर्ने निर्णय भएको हो।

मन्त्री शर्माका अनुसार टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जाने र त्यसका लागि कुनै डेडलाइन तोकिएको छैन।

‘टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रूपमा केही समय लाग्ला, तर तत्काल बन्द गर्ने निर्णय भएको छ। त्यससम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने छ,’ शर्माले भनिन्।

सामाजिक सद्भाव बिगार्नुका साथै अश्लिलता फैलाउने काम भएको भन्दै नेपाल प्रहरीका अधिकारीहरूले केही दिनअघि टिकटकका अधिकारीहरूसँग छलफल गरेको थियो।

नेपाल प्रहरीले सिंगापुरस्थित टिकटकका पदाधिकारीहरूसँग छलफल गरेको केही दिन नबित्दै सरकारले यसलाई बन्द गर्ने निर्णय गरेको हो।

 

Tags: