post-slider post-slider

गुगल म्यापको भर पर्दा दुई सातासम्म जंगलको बास भएपछि …

Image
A A

काठमाडौं, १७ फागुन - मानिसहरू आफ्नो गन्तव्यमा पुग्न र ट्राफिक स्थिति जान्न गुगल नक्सा प्रयोग गर्छन्। तर, गुगल म्याप्सले दुई जर्मन पर्यटकको ज्यान बालाबाल बचेको छ।

गुगल नक्साको भर पर्दा दुवै जना एक साता जङ्गलमा फसेको समाचार बाहिरिएको छ।

वास्तवमा दुई जर्मन पर्यटक फिलिप मायर र मार्सेल सिओन अष्ट्रेलिया पुगेका थिए। यहाँ दुवैले एक ठाउँबाट अर्को सहर जानका लागि गुगल म्याप प्रयोग गरेका थिए। केही टाढा गएपछि उनीहरूको गाडी जंगलमा हिलोमा फस्न पुग्यो।

सुरूमा दुवैले अस्थायी आश्रय बनाउने प्रयास गरे तर यो योजना सफल हुन नसकेपछि दुवैले त्यहाँबाट पैदलै हिँड्नु नै उचित ठाने। फिलिप र मार्सेलले भने, ‘हामीले यो यात्रामा जानुअघि गुगल म्याप प्रयोग गर्ने निर्णय गर्‍यौं। किनकि, हामीले महसुस गर्‍यौं कि गुगललाई हामीभन्दा बढी रुटहरू थाहा छ। तर गुगल म्यापको भर पर्दा यो यात्रा दुःस्वप्न जस्तै बन्न पुग्यो।’

जंगलबाट बाहिर निस्कन पैदलै खोला पार गर्नुपर्ने गुगल म्यापले बतायो। यति मात्र होइन, यसै क्रममा उनले एउटा गोहीको पनि सामाना गर्नु परेको थियो। यो घटनाको उजुर गरेपछि गुगलले गल्ती भएको स्वीकार गर्दै फिलिप र मार्सेलसँग माफी मागेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

त्यसपछि गुगलले एक विज्ञप्ति जारी गरी घटनाको पुष्टि गर्दै यो सडक गुगल नक्साबाट हटाइएको जनाएको छ। यद्दपि, गुगलले फिलिप र मार्सेल सुरक्षित रहेकोमा राहत महसुस गरेको उसले जनाएको छ।

यो घटनापछि नेभिगेसन एपहरू फेरि प्रश्नको घेरामा परेका छन्। यस्ता घटना यसअघि पनि भएका छन्, जब नेभिगेसन एपहरूले गलत गन्तव्यमा मानिसहरूलाई पुर्‍याउने काम गरिरहेको छ।

Tags: