post-slider post-slider

आइपिएलमा आधा खेल सकिए, कस्तो भयो अंकतालिका?

Image
A A

काठमाडौं- जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा आधा भन्दा बढी खेल सम्पन्न भएका छन्।

आधा खेल सकिँदा प्लेअफको तस्वीर स्पष्ट हुने क्रममा रहेको छ।

अहिलेसम्मको प्रदर्शनको आधारमा राजस्थान रोयल्स, कोलकोता नाइट राइडर्स र सनराइजर्स हैदरावादले प्लेअफको सम्भावनालाई नजिक पुर्‍याएका छन्।

अहिले राजस्थान १४ अंकसहित शीर्ष स्थानमा छ भने कोलकोता र सनराइजर्स १०-१० अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

त्यस्तै, ८-८ अंक हासिल गरेर चेन्नई सुपर किंग्स, लखनउ सुपर जाइन्ट र गुजरात टाइटन्सले पनि आफूलाई प्लेअफमा पुर्‍याउने दौडमा रहेका छन्।

त्यस्तै, रोयल च्यालेन्जर्स बैंगलुरुले यस सिजनमा सबैभन्दा बढी ७ खेलमा हार व्यहोरेको छ भने अब प्लेअफको दौडबाट लगभग बाहिरिएको छ।

अब बाँकी रहेका सबै ६ खेल जितेमा पनि बैंगलुरुको १४ अंक हुने छ, जुन प्लेअफका लागि पर्याप्त हुँदैन।

त्यस्तै, पञ्जाव किंग्सले यस सिजनमा ६ खेलमा हार व्यहोरेर प्लेअफको सम्भावनालाई कठिन बनाएको छ। खेल्न बाँकी रहेका सबै ६ खेल जितेमा पञ्जावको १६ अंक हुने छ, जुन अलि असम्भव देखिन्छ।

त्यसैगरी, दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्ले यस सिजनमा ५-५ खेल हारेर कठिन अवस्थामा पुगेका छन्। ६-६ अंकसहित सातौं र आठौं स्थानमा रहेका दुवै टिमले प्लेअफमा ठाउ बनाउन बाँकी सबै खेल जित्नुपर्ने अवस्था बनेको छ। 

यसरी प्रतियोगिताका आधा खेल सकिँदा शीर्ष तीन स्थानमा रहेका राजस्थान, कोलकोता र सनराइजर्स प्लेअफमा पुग्ने सम्भावना बढी देखिएको छ भने चौथो स्थानका लागि चेन्नई, लखनउ र गुजरातको भिडन्त हुने देखिन्छ।

Tags: