post-slider post-slider

संस्थागत विद्यालयलाई शुल्क प्रस्ताव गर्न महानगरकोे निर्देशन

Image
A A

काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गत सञ्चालित सबै संस्थागत (निजि) विद्यालयहरुले आगामी शैक्षिक सत्रको लागी शुल्क प्रस्ताव आषाढ मसान्त भित्र विभागमा उपलब्ध गराउन निर्देशन दिएको छ । 

शैक्षिक सत्र २०८० ०८१ मा कक्षा ११ मा भर्ना गरिने विद्यार्थीसँग के शीर्षकमा कति शुल्क लिने भन्ने विषयमा शुल्क प्रस्ताव आषाढ मसान्त भित्र विभागमा उपलब्ध गराउन सबै संस्थागत विद्यालयलाई महानगरले निर्देशन दिएको हो। 

‘काठमाडौ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा २७ (९) बमोजिमको विद्यालय व्यवस्थापन समितिको निर्णय सहित शुल्क प्रस्ताव मिति २०८० आषाढ मसान्त भित्र काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा उपलब्ध गराईदिनु हुन अनुरोध गर्दछौं,’ महानगरको पत्रमा उल्लेख छ। 

Tags: