post-slider post-slider

काठमाडौं प्रहरी प्रमुख अदालतको अवहेलना मुद्दामा दोषी ठहर

Image
A A

काठमाडौं- सर्वोच्च अदालतले जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसपी रमेशकुमार बस्नेतलाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको इजलासले ५ महिनाअघि गरेको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो।

सर्वोच्चले ११ फागुन २०७९ मा जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुख रहेका व्यक्ति र तत्कालीन प्रहरी नायब उपरीक्षक (डिएसपी) हालका प्रहरी उपरीक्षक बस्नेतलाई दोषी ठहर गरेको हो।

सर्वोच्चले किटान गरेको मिति ११ फागुन २०७९ मा काठमाडौंका प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्की थिए।

अदालतले उनीहरूलाई १५ दिन कैद र पाँच हजार रूपैयाँ जरिवाना गराउने सर्तसहितको फैसला सुनाएको छ।

पुनरावेदन अदालत पाटनबाट २९ असार २०६८ मा जारी भएको परमादेशको आदेश कार्यान्वयन नगरी उनीहरूले अटेर गरेको सर्वोच्चको जिकिर छ।

यद्यपि फैसला पाएको मितिले तीन महिनाभित्र परमादेश कार्यान्वयन गरेर सजाय माफीका लागि याचना गरे त्यसबेला विचार गर्न सकिने सर्वोच्चले भनेको छ।

 

Tags: