post-slider post-slider

करिब डेढ किलो सुनसहित विमानस्थलबाट भारतीय महिला पक्राउ

Image
A A

काठमाडौं, फागुन १३ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ४४० ग्राम सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेकी छिन्।

पक्राउ पर्नेमा ३७ वर्षीया तशलिम सुलताना बुस्त्रा रहेकी छिन्। नेपाल एयरलाइन्सको जहाजमा दुबईबाट काठमाडौं आएकी उनलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो।

अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटमा चेकजाँच गर्ने क्रममा उनलाई सुनसहित पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

उनको साथबाट सात सय ग्राम सुनको धुलो र ७४० ग्राम कफीको तीन वटा प्याकेटमा लेपन गरिएको सुन बरामद गरिएको प्रहरीले जनाएको छ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय गौचरमा पठाइएको छ।

Tags: