post-slider post-slider

कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन

Image
A A

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले दुई विमान चालकको लाइसेन्स् निलम्बन गरेको छ।

प्राधिकरणले तारा एयरका दुई पाइलटहरूको लाइसेन्स निलम्बन गरेको हो।

शुक्रबार बिहान रामेछापको मन्थली विमानस्थलमा एकआपसमा कुटाकुट गर्ने वरिष्ठ क्याप्टेन सन्तोष शाह र क्याप्टेन सञ्जीव श्रेष्ठको लाइसन्स निलम्बन भएको हो।

प्राधिकरणका प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले विमानस्थल परिसरमै कुटाकुट गरेको पाएपछि उनीहरूको लाइसेन्स निलम्बन गरिएको जानकारी दिए।

‘राष्ट्रिय सुरक्षा मापदण्डको उल्लंघनको कारण अर्को सूचना नभएसम्म दुई वरिष्ठ क्याप्टेनको लाइसेन्स निलम्बन गरिएको छ। विस्तृत लाइसेन्स खारेज वा नियमबोजिम अन्य दण्डात्ममक कारबाही हुनसक्छ,’ उनले भने।

एउटै एयरलाइन्सका दुई पाइलटबीच के कति कारणले कुटाकुट भएको त्यो भने खुल्न नसकेको प्राधिकरणले जनाएको छ। 

 

Tags: