post-slider post-slider

बैतडीमा जिप दुर्घटना

Image
A A

बैतडी– बैतडीमा जिप दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन्। महाकाली राजमार्ग अन्तरगत बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटस्थित तारलमा जिप दुर्घटनामा परेको हो। 

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार बैतडीको गन्नाबाट बझाङ जाँदै गरेको सुपप्र ०१–००१ ज १३५२ नम्बर जिप गएराति पौने १२ बजे तारलमा दुर्घटनामा परेको हो।

दुर्घटनामा परि जिप चालक बैतडीको डिलाशैनी गाउँपालिका १ का हेमन्त राना र सोही ठाउँका सहचालक उमेश राना घाइते भएका छन्।

 

Tags: