post-slider post-slider

नेपालको हवाइ क्षेत्र हटेन इयुको कालो सूचीबाट

Image
A A

काठमाडौं- युरोपेली संघ (इयु) ले नेपालको हवाइ क्षेत्रलाई राखेको सुरक्षा सूची (कालो सूची) लाई निरन्तरता दिएको छ।

इयुले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई कालो सूचीमा निरन्तरता दिनुको कारणसहितको पत्र पठाएको हो।

यो पत्रसँगै पछिल्लो एक दशकदेखि युरोप उडान भर्न नपाएको नेपाली जहाजको युरोप यात्राको भविष्य अझै अनिश्चित बनेको छ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भदौ २५ देखि २९ गतेसम्म इयुले नेपालमा गरेको स्थलगत अवलोकन तथा मूल्याङ्कनका आधारमा प्रतिवेदन तयार पारेको बताएका छन्।

बेल्जियमको राजधानी ब्रसेल्समा भएको सुनुवाइका आधारमा तयार पारिएको प्रतिवेदनका आधारमा नेपालले यो वर्ष पनि कालो सूचीमा निरन्तरता पाएको उनले जानकारी दिएका छन्।

इयुले प्रतिवेदनमा नेपाल वायु सेवा निगमलाई युरोप उडानमा जानसक्ने गरी थुप्रै संस्थागत कमजोरी औंल्याएको बताइएको छ।

इयुका प्रतिनिधिमण्डल नेपाल आएर प्राधिकरण, नेपाल वायु सेवा निगम र श्री एयरलाइन्सको स्थलगत अवलोकन तथा मूल्याङ्कन गरेको थियो।

इयुले पठाएको प्रतिवेदनमा निगमको वर्तमान संगठन संरचना, कार्यपद्धति, आर्थिक एवं प्राविधिक क्षमता, जनशक्ति एवं सेवा प्रवाहको गुणस्तरलगायतमा परिवर्तनको आवश्यक्ता रहेको उल्लेख गरिएको छ।

त्यस्तै निगमले सुरक्षा व्यवस्थापन प्रणाली (एसएमएस) पालना नगरेको, प्राधिकरणले वार्षिक गर्ने सम्परीक्षणमा औंल्याएको कमीकमजोरी सुधार नगरेको, सम्परीक्षण सूचीको गुणस्तर सुधार नगरेको, उडान समयको निश्चिततालगायतका कमजोरी प्रतिवेदनमा औंल्याइएको छ।

 

Tags: