post-slider post-slider

सिँचाइ विभागमा तालाबन्दी गर्न गएका निर्माण व्यवसायीहरू पक्राउ

Image
A A

काठमाडौं- सिँचाइ विभागमा तालाबन्दी गर्न गएका ५० जना निर्माण व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ललितपुरको जावलाखेलस्थित सिँचाइ विभागमा आइतबार तालाबन्दी गर्न गएका निर्माण व्यवसायीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

विभागमा तालाबन्दी गर्ने र धर्ना बस्ने पूर्वघोषित कार्यक्रमअनुसार आन्दोलनरत निर्माण व्यवसायीहरू त्यहाँ पुगेका थिए।

प्रहरीले महासंघका वरिष्ठ उपाध्यक्ष दोर्जे लामा, महासचिव रोशन दाहाललगायतलाई पक्राउ गरेको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिएका छन्।

तीन हजार आयोजनाको एकमुष्ट म्याद थप, काम गरेको ठेक्काको भुक्तानी दिनुपर्ने, सार्वजनिक खरिद ऐन संशोधनलगायतका ९ बुँदे माग राख्दै २९ असारदेखि निर्माण व्यवसायीहरू आन्दोलित छन्।

आयोजनाको म्याद नथपे र भुक्तानी नदिए काम गर्न नसकिने भन्दै नेपाल निर्माण व्यवसायी महासंघको अगुवाइमा निर्माण व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्।

 

Tags: