post-slider post-slider

मधेस प्रदेसका ८ वटै जिल्लामा जसपाको विस्तारित बैठक बस्दै

Image
A A

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेस समितिका आठै जिल्लाको विस्तारित बैठक बस्दै छ।

प्रदेसका आठवटै जिल्लामा आइतबार जिल्ला समितिहरूको विस्तारित बैठक बस्न लागेको हो।

पार्टी विस्तार तथा सुदृढीकरण अभियानबारे निर्णय गर्न बैठक बोलाइएको जसपाको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागले जनाएको छ।

११ भदौमा बसेको मधेस कार्यकारिणी समितिको बैठकले प्रदेसका सबै जिल्लामा १७ भदौमा विस्तारित बैठक राख्ने निर्णय गरेको थियो।

विस्तारित बैठकको सहजीकरणका लागि प्रदेस बैठकले प्रदेस कार्यकारिणी समितिका पदाधिकारीहरूलाई जिम्मेवारी तोकेको छ।

जसअनुसार सप्तरीमा दिनेशकुमार यादव र शैलेसकुमार साह, सिरहामा रामसेवक यादव र रेणु यादव, धनुषामा ज्ञानेन्द्रकुमार यादव, अरुणकुमार देव र युसुफ अली, महोत्तरीमा निर्मलाकुमारी यादव र जितेन्द्रकुमार यादवले जिम्मेवारी पाएका छन्।

त्यस्तै सर्लाहीमा रामपृत पासवा र निराकुमारी साह, रौतहटमा रामबाबुकुमार यादव र पुनित राम, बारामा बृजमोहन तिवारी र पर्सामा सुशिलकुमार यादवलाई जिम्मेवारी दिइएको छ।

बैठकमा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरू, प्रदेस समितिका नेताहरू, जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरू, पालिका समितिका पदाधिकारीहरू, निर्वाचित जनप्रतिनिधिहरू, भातृसंगठनका केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारीहरूलाई उपस्थित हुन भनिएको छ।

 

Tags: