post-slider post-slider

नेदरल्याण्ड्सविरुद्ध नेपाल १७२ रनमा अलआउट, २ जनाले खाता नै खोलेनन्

Image
A A

काठमाडौँ - आईसीसी क्रिकेट वर्ल्डकप लिग टुमा नेपाल नेदरल्याण्ड्ससँग जम्मा १७२ रनमा अलआउट भएको छ। 

टस हारेर ब्याटिङमा उत्रिएको नेपाललका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक (६६) रन बनाउनुबाहेक अन्य ब्याटरले खासै गतिलो प्रदर्शन गर्न सकेनन्। 

नेपालका लागि अर्का ओपनर आशिफ शेख १७ रनमा आउट भए भने कप्तान रोहित पौडेल जम्मा १६ रनमै पेभेलियन फर्किए। त्यस्तै आरिफ शेखले २२ र करन केसीले २६ रन बनाए। नेपालका कुशल मल्ल २, दीपेन्द्र सिंह ऐरी १, भीम सार्की र ललित राजवंशी शून्य, गुलशन झा ५ र अनिल शाह ७ रनमा आउट भए। 

त्रिवि क्रिकेट मैदानमा नेपाल ३ बलअघि नै अलआउट भएको हो। 

Tags: