कांग्रेस कार्यसम्पादन समितिको बैठक सर्यो
काठमाडौं- नेपाली कांग्रेसको आजका लागि तय भएको कार्यसम्पादन समिति बैठक स्थगित भएको छ।
आइतबार बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको हो।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आजका लागि तय भएको बैठक आइतबार बस्ने जानकारी दिए।
उनले आइतबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने बताएका छन्।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो।
बैठकबाट राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको टुंगो लगाउने नेताहरूले बताएका छन्।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यही सोमबार मनोनयन दर्ता हुँदैछ।