post-slider post-slider

जलवायु सम्मेलनमा सहमति : देशहरू जीवाश्म इन्धनको प्रयोगबाट क्रमशः टाढा हुने

Image
A A

काठमाडौं- दुबईमा सम्पन्न हुन लागेको २८ औं विश्व जलवायु सम्मेलनमे जीवाश्म इन्धन प्रयोगको विकल्प खोजी गर्न देशहरूलाई आग्रह गर्ने सहमति पारित गरेको छ।

संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी प्रतिनिधिहरूले रातभर छलफल गरेर सम्मेलनको निर्धारित समाप्ति मितिभन्दा २४ घण्टा ढिलो गरेर निचोडमा पुगेका हुन्।

कोप–२८ को नेतृत्व गरिरहेका सुल्तान अल जबेरले पेरिसमा यसअघि निर्धारण गरिएको विश्व तापमान वृद्धिको लक्ष्य १.५ डिग्री सेल्सियसमा सीमित गर्ने सहमति कार्यान्वयनका लागि देशहरूलाई ‘बलियो योजना’ दिएका हुन्।

अन्तिम समयमा भएको २१ पृष्ठ लामो सहमति कानुनी रूपमा भने बाध्यकारी नहुने बताइएको छ।

यद्यपि यसले जलवायु परिवर्तनको चुनौती सामना गर्न देशहरूलाई मार्गदर्शन गर्ने ठानिएको छ।

सहमतिमा देशहरूले जीवाश्म इन्धनको विकल्पतर्फ जान न्यायपूर्ण प्रत्रियाबद्ध र समतामूलकु योगदान गर्नेछन् भनिएको छ।

भविष्यमा प्रयोग हुने कोइला, तेल र ग्यासजस्ता इन्धनहरूबारे जलवायु सम्मेलनमा लिखित रूपमा प्रतिबद्धता जनाइएको यो पहिलोपटक हो।

सम्मेलनले गरेको सहमतिलाई सहभागीहरूले उभिएर समर्थन गरेका थिए।

तर केहीले यो सहमतिमा उभिएर समर्थन जनाएनन्।

 

Tags: