post-slider post-slider

नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक बस्दै, के छन् एजेण्‍डा?

Image
A A

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आजबाट सुरू हुँदै छ। ललितपुरको बालकुमारीमा मंगलबार बिहान ११ बजेबाट बैठक सुरू हुने बताइएको छ।

बैठकमा पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय सङ्गठनको समीक्षा गरी महाधिवेशनको मिति र स्थान तय  गरिने छ। पार्टी स्थापना भएको करिब दुई वर्षमा पनि महाधिवेशन हुनसकेको छैन।

त्यस्तै सचिवालय, स्थायी कमिटीले गरेका निर्णयहरू पनि अनुमोदन गरिने बताइएको छ। भदौ ७ गतेसम्म चल्ने बैठकमा राजनीतिक परिस्थिति एवं घटनाक्रमका साथै सङ्गठनको पुनःगठन, पार्टीको भूमिकालाई सशक्त बनाउने विषयमा छलफल गरिने छ।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीको वैचारिक दृष्टिकोणसहितको राजनीतिक प्रतिवेदन तथा महासचिव  भुसालले साङ्गठनिक प्रतिवेदन बैठकमा छलफलका लागि पेस गर्ने छन्। ती दुवै प्रतिवेदनमा आवश्यक सुझावसहित परिमार्जन गरिने छ।

Tags: