post-slider post-slider

न्युरोड क्षेत्रका व्यवसायीहरू सटर बन्द गरेर सडकमा

Image
A A

काठमाडौं- काठमाडौं महानगरपालिकाले पार्किङ हटाएपछि न्युरोड क्षेत्रका व्यवसायीहरू आन्दोलित भएका छन्।

मंगलबारदेखि न्युरोड क्षेत्रको कालोपत्रे सडकमा पार्किङ निषेध गर्ने महानगरको निर्णयविरूद्ध व्यवसायीहरू आन्दोलित भएका हुन्।

महानगरपालिकाले पार्किङ हटाउने निर्णय गरेर आफूहरूलाई समस्यामा पार्ने काम गरेको व्यवसायीहरूको भनाइ छ।

पार्किङ गर्न नदिने निर्णयले व्यवसाय चौपट हुने भन्दै उनीहरू पसलका सटर बन्द गरेर सडकमा उत्रिएका छन्।

न्युरोड क्षेत्रको कालोपत्रे सडकमा पार्किङ गर्न निषेध गरेसँगै महानगरपालिकाले मंगलबार बिहानैदेखि त्यस क्षेत्रमा कडाइ गरेको छ।

काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै महानगरपालिकाले न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको छ।

पार्किङ निषेध गरिएका स्थानहरूमा ‘नो पार्किङ’ का संकेत राखिएका छन्।

 

Tags: