post-slider post-slider

‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम : साइकल खरिदमा भ्रष्टाचार भएको ठहर

Image
A A

काठमाडौं- मधेस प्रदेसका तत्कालीन मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले सञ्चालन गरेको ‘बेटी बचाउ, बेटी बढाउ’ कार्यक्रमअन्तर्गतको साइकल खरिदमा भ्रष्टाचार भएको विशेष अदालतले ठहर गरेको छ।

छात्रालाई लक्षित गरी तत्कालीन सरकारले छात्रालाई लक्षित गरी सुरु गरेको कार्यक्रमअन्तर्गत साइकल खरिदमा भ्रष्टाचार भएको विशेषले ठहर गरेको हो।

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु न्यायाधीश तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले साइकल खरिद कार्यमा भ्रष्टाचार भएका ठहर गरेको हो।

प्रदेशका छात्राहरुलाई विद्यालय जान भनी कम्पनी नखुलाइ खरिद गरिएको साइकलमा १० करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको अख्तियारले दाबी गरेको थियो।

फैसलामा मधेस सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका तत्कालीन सचिव यमलाल भुसाल र जलस्रोत सिँचाइ तथा विकास डिभिजन कार्यालय जनकपुरका तत्कालीन प्रमुख भगवान झालाई दोषी ठहर गरिएको छ।

भुसाल र झालाई तीन–तीन महिना कैदका साथै १०–१० हजार रुपैयाँ जरिवानाको फैसला भएको छ।

यो मुद्दामा माघ ८ गतेदेखि लगातार तीन दिनसम्म सुनुवाइ भएको थियो।

 

Tags: