post-slider post-slider

‘धोती दिवस’ मा प्रहरीको हस्तक्षेप, सिके राउतसहित ५१ जना पक्राउ

Image
A A

काठमाडौं- प्रहरीले ‘धोती दिवस’ मा हस्तक्षेप गरेको छ।

काठमाडौंको माइतीघर मण्डलामा ‘धोती दिवस’ मनाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो।

सिके राउत नेतृत्वको जनमत पार्टीसम्बद्ध विद्यार्थी संगठन विद्यार्थी जनमत संघले माइतीघर मण्डलामा भेला भएर ‘धोती दिवस’ मनाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो।

प्रहरीले हस्तक्षेप गरेर ‘धोती दिवस’ मनाइरहेका जनमत पार्टीका अध्यक्ष सिके राउतसहित ५१ जनालाई नियन्त्रणमा लिएको छ।

विद्यार्थी जनमत संघले जनवरी १ तारिखको अवसर पारेर ‘धोती दिवस’ मनाएको थियो।

कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सिके राउत पनि सहभागी भएका थिए।

Tags: