post-slider post-slider

१४ अर्ब हिनामिना गरेको आरोपमा शिव शिखर सहकारीका पूर्वअध्यक्ष शर्मा पक्राउ

Image
A A

काठमाडौं- शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन्।

प्रहरीको सिआइबीको टोलीले उनलाई भारतको मुम्बईबाट पक्राउ गरेको हो। 

मुम्बईस्थित एक विधायकको घरमा लुकेर अवस्थामा पक्राउ गरेर भट्टराईलाई सोमबार नेपाल ल्याइएको सिआइबी स्रोतले जनाएको छ।

भट्टराईमाथि १४ अर्बभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप छ।

२०७७ सालमा भक्तपुरको शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सकहकारी मर्ज भएर शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था बनेको थियो।

उनले मोरङमा तुलसी सहकारी संस्था पनि खोलेका थिए। तर, संस्था संकटमा परेपछि शर्मा बेपत्ता भएका थिए।

उनी भारतको कानपुर, बहराइच, लखनऊ, मुम्बईलगायतका स्थानमा लुकिछिपी बस्दै आएका थिए।

रकम फिर्ता नपाएपछि बचतकर्ताहरूले सिआइबी र सहकारी विभागमा उजुरी दिएका थिए। बचतकर्ताहरूको उजुरीपछि सिआइबीले अनुसन्धान सुरू गरेको थियो।

अनुसन्धानको क्रममा सिआइबीले यही असार १ गते सूचना जारी गरी काठमाडौं र ललितपुर जिल्लाभित्रका सेवा केन्द्रहरूमा निक्षेपकर्ता सदस्यहरूले जम्मा गरेका रकम हिनमिना भइ ठगी हुन गएको भए प्रमाणसहित जाहेरी दिन आह्वान गरेको थियो।

प्रहरी स्रोतका अनुसार शर्माले भारतमा पनि संस्था खोलेको पाइएको छ। 

उनले भारतमा पत्नी गीताको नाममा शिखर अर्गनाइजेसन नामको संस्था खोलेको पाइएको छ।

उनकी श्रीमती गीतालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो।

 

Tags: