post-slider post-slider

महराजीमाथि अभियोजन अघि बढ्छ : प्रधानमन्त्री

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुन तस्करी प्रकरणमा मुछिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि अभियोजन अघि बढ्ने बताएका छन्।

बालुवाटारमा पत्रकारहरूसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

विद्युतीय चुरोट (भेप) मा ल्याइएको ९ किलो सुन प्रकरणमा पूर्वसभामुखसमेत रहेका महरा र उनका छोरा राहुलको नाम मुछिए पनि प्रहरीले उनीहरूलाई सामान्य सोधपुछसमेत गरेको छैन।

सुन भित्र्याउन संलग्न भनिएका चिनियाँ व्यापारी र विमानस्थल भन्सार कर्मचारीसँग महरा बाबुछोराको पटक–पटक सम्पर्क भएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानबाट खुलेको छ।

यो विषय बाहिर सार्वजनिक भएपछि सरकारका साथै सिआइबीको आलोचना भइरहेको छ।

‘महराजीलाई प्रस्ट पार्न भनिएको छ। सायद अब अभियोजन पनि अघि बढ्छ। यो विषयमा गृहमन्त्री र सिआइबीलाई पनि सोधेको छु,’ प्रचण्डले भने।

प्रतिवेदनमा महराको नाम कसरी आयो र नाम आएपछि किन अभियोजन गरिएन भनेर आफूले सोधेको उनले बताए।

प्रधानमन्त्री प्रचण्डले यो विषयलाई अनुसन्धानमा अघि नबढाउने हो भने अहिले गरेका अरू सबै कामको पनि अर्थ नहुने जिकिर गरे।

 

Tags: