post-slider post-slider

दसैंमा तीन फिल्मको भिडन्त हुँदै

Image
A A

काठमाडौं- दसैंको फूलपातीबाट तीन नेपाली फिल्म ‘ज्वाइँ साब’, ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ एकसाथ प्रदर्शनमा आउने भएका छन्।

ठूला तीन फिल्मको भिडन्तले नेपाली बक्स अफिसलाई रोमाञ्चक बनाउने भएको छ। 

सोमबारबाट यी तिनै फिल्मको मल्टिप्लेक्सहरूमा अग्रिम बुकिङ खुला भइसकेको छ। मल्टिप्लेक्सहरूमा सुपरहिट सिरिज ‘छक्का पञ्जा ५’ले अन्य दुई फिल्मभन्दा धेरै सो पाएको छ। 

देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ‘छक्का पञ्जा ५’ लाई कूल ९० सोज दिएको छ।  यस्तै, काठमाडौंका आइएनआई, वान् सिनेमाज्, बिग मुभिज, बिएसआर मुभिज्, एफक्यूब, रञ्जना सिनेप्लेक्ससहित उपत्यकाबाहिरका मल्टीप्लेक्सहरुले पनि ‘छक्का पञ्जा ५’ लाई उच्च प्राथमिकतामा राखेका छन्।

देशभर ‘छक्का पञ्जा ५’ पहिलो दिन करिब तीन सय सोज दिइने तयारी छ। त्यसपछि भने फिल्मप्रति दर्शकको प्रतिक्रियाका आधारमा सोज तय हुने छ। 

त्यस्तै, विराज भट्टको फिल्म ‘१२ गाउँ’ ले क्युएफएक्स चेनमा ५३ सोज पाएको छ। यस फिल्मले सबै गरेर पहिलो दिन डेढ सयको हाराहारीमा सोज पाउने देखिएको छ। फिल्मको ट्रेलरले दर्शकमा निकै राम्रो उत्साह देखाएको छ भने फिल्मको एड्भान्स बुकिङ पनि राम्रो रहेको छ। 

त्यसैगरी, जितु नेपालको फिल्म 'ज्वाइँ साब’ पहिलो दिन देशभर सयको हाराहारीमा सोज पाउने भएको छ। क्युएफएक्सले फिल्मलाई ४० सोज दिएको छ।

त्यस्तै, घटस्थापनाबाट रिलिज भएको‘बेहुली फ्रम मेघौली’ को भने फूलपातीबाट सोज कम हुने देखिएको छ।

Tags: