post-slider post-slider

नापी कार्यालय लगनखेलका सर्भेक्षक चार लाख घुससहित पक्राउ

Image
A A

काठमाडौं- नापी कार्यालय लगनखेल ललितपुरमा कार्यरत् सर्भेक्षक सञ्जीवकुमार यादव पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यादवलाई चार लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो।

बिहीबार ललितपुर महानगरपालिका-१२ हनुमानस्थान लगनखेलमा रहेको आरबी लेखापढी सेन्टरबाट यादवलाई पक्राउ गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए।

पक्राउ पर्नेमा लेखापढी सेन्टरका सञ्चालक रामबाबु भुजेल पनि छन्।

जग्गा हालसाबिक गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनमा घुस मागिरहेको सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले रकमसहित रंगेहात पक्राउ गरेको घिमिरेले बताए।

Tags: