post-slider post-slider

प्रा डा देवकोटाको पाँचौं तिथिमा गोस्टो न्युरोकोन  २०२३ सम्पन्न

Image
A A

काठमाडौं । प्रा डा उपेन्द्र देवकोटाको पाँचौं पुण्य तिथिमा एक दिवसीय गोस्टो न्युरोकोन  २०२३ कार्यक्रम सम्पन्न भएको छ । 

नेपालमा आधुनिक स्नायु स्वास्थ्य विज्ञानका पिता प्रा डा देवकोटाको पाँचौं पुण्य तिथिको अवसरमा उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पताल बाँसबारी एवं उपेन्द्र देवकोटा फाउण्डेसनले गत साता आइतबार एक दिवसीय गोस्टो न्युरोकोन  २०२३ कार्यक्रम सम्पन्न गरेको हो। 

गोष्ठीमा बेलायत, भारत र नेपालका न्युरो साइन्स विधाका करिब ४०० जना बिशेषज्ञ एव स्वास्थ्यकर्मीको सहभागि थिए । 

न्युरो सर्जरी, न्युरोलोजी, न्युरोओटोलोजी, न्युरो इन्टरभेन्सन, न्युरो क्रिटिकल केयर, न्युरो नर्सिङ लगायत सम्पुर्ण विधालाई समेटेर गरिएको यो नेपालको पहिलो गोष्ठी हो ।  
यस गोष्ठीमा करिब ६६ ओटा कार्यपत्र प्रस्तुत गगरिएको थियो ।

गोष्ठीको अघिल्लो दिन शनिबार मष्तिष्क पक्षघात एव मेकानिकल थ्रोम्बेक्टोमीमा तालिम दिइएको थियो । न्युरो अस्पतालमा भएको उक्त तालिम पश्चात प्रा डा उपेन्द्र देवकोटाको शालिक अनावरण पनि गगरिएको थियो । 

साथै नेपालको न्युरो साइन्सलाई प्रा डा देवकोटाले पुराउनुभएको योगदानलाई आत्मसात गर्दै  संसारभरि भएको प्रगती सँगै नेपाललाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने समिक्षा गगरिएको थियो । 

कार्यक्रमको सन्ध्यामा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले उपेन्द्र देवकोटा फाउण्डेसनको उद्घाटन गरेका थिए । 

कार्यक्रममा नेपालमा पहिलो पटक न्युरो सर्जन एवम प्रा डा देवकोटाको गुरु डा दिनेश नाथ गाेंगललाई नेपाली न्युरो सर्जरीमा पुराएको योगदानका लागी कदर पत्र प्रदान गरि सम्मानित गगरिएको थियो । 

Tags: