post-slider post-slider

बेलायतमा अन्तर्राष्ट्रिय विद्यार्थीलाई परिवार ल्याउन कडाइ

Image
A A

काठमाडौं- बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा बढ्दो अध्यागमनलाई रोक्न नयाँ कदमहरू चालिएको घोषणा गरेका छन्।

प्रधानमन्त्री सुनकका ती नयाँ कदमहरूलाई अध्यागमन दर घटाउने सरकारको ‘कट्टरपन्थी कार्य’ को रूपमा बेलायतलाई फाइदा पु¥याउने सुनिश्चित रहेको निष्कर्ष निकालिएको छ।

नयाँ उपायहरूको श्रृंखलाको रूपमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूले स्नातकोत्तर अनुसन्धान पूरा नगरेसम्म उनीहरूको परिवारलाई बेलायतमा ल्याउन रोक लगाइने छ।

साथै यो कदमबाट दक्ष विदेशी कामदारहरूले देशमा काम गर्न भिसा थप्न चाहे न्यूनतम पारिश्रमिक बढाउनुपर्ने बाध्यता सिर्जना हुनेछ।

सुनकले भने,‘अध्यागमन धेरै उच्च छ। आज हामी यसलाई घटाउन कट्टरपन्थी बनेर कारबाही गरिरहेका छौं। यी कदमहरूले बेलायतलाई फाइदा पु¥याउने कुराको सुनिश्चित गर्नेछ।’

नयाँ प्रावधानअन्तर्गत स्नातकोत्तर अनुसन्धान डिग्रीमा नपुगेसम्म नपुगेसम्म विदेशी विद्यार्थीहरूलाई आफ्नो परिवारलाई बेलायतमा ल्याउन प्रतिबन्ध लगाउनेछ।

बेलायतमा कुल माइग्रेसन गत वर्ष उच्च स्तरमा पुगेको आधिकारिक तथ्यांकले देखाएको छ। यसले बेलायत सरकारलाई दबाब थपेपछि यो मुद्दालाई राजनीतिक विषय बनाइएको सिएनएनले उल्लेख गरेको छ।

बेलायतमा सन् २०२२ मा ६ लाख ६ हजार मानिसको बसाइसराइ भएको त्यहाँको राष्ट्रिय तथ्यांकको कार्यालय (ओएनएस) ले जनाएको छ।

यसैगरी १२ लाख मानिस बेलायत प्रवेश गरेका छन् भने झन्डै आधा संख्याले देश छोडेर गएका छन्।

सिएनएनका अनुसार कन्जरभेटिम सरकारहरूले बेलायतमा सर्ने मानिसहरूको संख्यामा ठूलो मात्रामा कमी ल्याउने वाचा गरे तापनि सहज रूपमा त्यसो हुनसकेको छैन।

विशेष गरी ब्रक्सिटको परिप्रेक्ष्यमा हेर्दा यसका समर्थहरूले सिमानाहरू नियन्त्रण गर्न बेलायतलाई आवश्यक कदमको रूपमा यो पछिल्लो कदमलाई लिएका छन्।

बेलायत आइपुगेका अधिकांश मानिसहरू ९ लाख २५ हजार गैर–इयू नागरिकहरू रहेको र तीमध्ये १२ जनामध्ये एक जना शरण खोज्नेहरू रहेको तथ्यांकले देखाएको छ।

गैर–इयू देशहरूबाट बेलायत बसाइ सर्नेहरूमा कामको खोजी, अध्ययन र मानवीय उद्देश्य प्रमुख रहेका छन्।

यसैगरी गत वर्ष बेलायतको अध्यागमन तथ्यांकका अनुसार सबैभन्दा धेरै भारतीय नागरिकहरू बेलायतमा अध्ययन, कामको खोजी र पर्यटन भिसा बोकेर प्रवेश गरेका थिए।

जुन २०२२ को अन्त्यमा २ लाख ५८ हजारभन्दा बढी भारतीय नागरिकहरूले भ्रमण भिसा प्राप्त गरेका थिए।

 

Tags: