post-slider post-slider

प्रतिनिधिसभा बैठक बस्दै, टोपबहादुर रायमाझीको पद निलम्बन गरिने

Image
A A

काठमाडौं- संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दै छ।  संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो १ बजे बोलाइएको छ।

संघीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन्।

यसै गरी, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाइने भएको छ।

साथै, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थप सम्बन्धि प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ।

राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेश गर्नेछन्।

 

 

Tags: