post-slider post-slider

भारतमा घट्यो ग्यासको मूल्य

Image

नयाँ दिल्ली- भारत सरकारले खाना पकाउने ग्यास (एलपीजी) सिलिन्डरको मूल्य घटेको छ। भारतमा प्रति सिलिन्डर २ सय भारुले ग्यासको मूल्य घटेको हो।

बुधवार मन्त्रीपरिषद्को बैठकले रक्षा बन्धन पर्वलाई मध्यनजर गरी सो निर्णय गरेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा सूचना तथा प्रशारणमन्त्री अनुराग ठाकुरले बताए। 

अब दिल्लीमा १४.२ किलोको एउटा खाना पकाउने ग्यास सिलिन्डर ९०३ भारतीय रुपियाँमा उपलब्ध हुनेछ । यो निर्णयले घरेलु खाना पकाउने ग्यासका ३३ करोड भन्दा बढी उपभोक्तालाई फाइदा हुने बताइएको छ।

 

Tags: