post-slider post-slider

समस्या देखिएपछि ५२ यात्रु सवार श्रीएअरको जहाज सकुशल अवतरण

Image
A A

काठमाडौं– सुर्खेतबाट काठमाडौं आउँदै गरेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि सकुशल अवतरण गरिएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार जहाजको फ्ल्यापमा समस्या आएको थियो।

विमानको फ्ल्यापमा समस्या देखिएपछि विमान चालकले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा आकस्मिक आवतरणको अनुमति मागेका थिए।

समस्या देखिएपछि केहीबेर उक्त जहाजले काठमाडौं माथिको आकाशमा फन्का लगाएको थियो। ५२ यात्रु सवार उक्त जहाज केहीबेरअघि सकुशल अवतरण गराइएको थियो। 

Tags: