post-slider post-slider

नेदरल्याड्सलाई नामिबियाले दियो २०४ रनको लक्ष्य

Image
A A

काठमाडौँः आईसिसि लिग(२ अन्तर्गत काठमाडौंमा जारी त्रिकोणात्मक सिरिजअन्तर्गतको पाँचौँ खेलमा नामिबियाले नेदरल्याण्डसलाई २०४ रनको लक्ष्य दिएको छ। 

टस हारेर ब्याटिङमा उत्रिएको नामिबियाले ४५ ओभरमा झारिएको खेलमा पूरै विकेट गुमाएर २०३ रन बनाउन सक्यो। नामिबियाका लागि निकोल लोफ्टीले सर्वाधिक रन बनाउने क्रममा अर्धशतकबाट एक रनले चुके भने ओपनर मालार क्रुगरले ३९ रन बनाए। अन्य ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन्। नेदरल्याण्डसका लागि भिभियन किङ्माले ३ तथा आर्यान दत्त र रोलेफ भान डरले समान २/२ विकेट लिए। 

नामिबियाले यसअघि दुवै खेलमा नेपाललाई पराजित गरेको थियो भने नेदरल्याण्ड्ससँग एक खेल हारेको छ। त्यस्तै नेदल्याण्ड्सले भने नेपालसँग एक खेलमा पराजय भोगेको छ। 

Tags: