post-slider post-slider

एमालेले पार्टी कार्यालय बनाउन कम्तीमा १०० रुपैयाँ उठाउने, सरकारविरुद्ध जनअभियान पनि चलाउने

Image
A A

काठमाडौः नेकपा एमालेले पार्टीको केन्द्रीय कार्यालय बनाउन पार्टी सदस्यहरुबाट कम्तीमा १०० रुपैयाँ संकलन गर्ने भएको छ।

बिहीबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। पार्टीले आसन्न केन्द्रीय कमिटी बैठकमा यो एजेण्डालाई समावेश गर्ने जनाएको छ।

बैठकपछि एमाले महासचिव शंकर पोखरेलले पार्टी सदस्यहरुबाट न्यूनमत १०० रुपैयाँ संकलन गर्ने प्रस्ताव लिएर जाने बताए।

एमालेले फागुन ८, ९ र १० गते केन्द्रीय कमिटी बैठक राख्ने आज बसको केन्द्रीय सचिवालय बैठकले निर्णय गरेको हो।

त्यस्तै एमालेले वर्तमान सत्ता गठबन्धन सरकारमा राष्ट्रिय हित, जनसरोकार र सुशासनमा गम्भीर विचलन देखाएको ठहर गर्दै जनपरिचालन गर्ने एजेण्डा पनि बनाएको छ। एमालेले यसको स्वरूप दबाव अभियान चलाउने भएको हो।

Tags: